STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बागमतीमा र्‍याफ्टिङ

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ९, शनिबार

 

काठमाडौं - बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ ।

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो ।

नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको जानकारी दिए।

ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिएको उपाध्यक्ष खनालले बताए । काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न गरिएको उनको भनाइ छ ।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । आज सफाई अभियान्ताहरुले नदी समेत सरसफाई गरेका थिए ।

Categorized in उपत्यका