STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बागमति प्रदेशका सांसद शोभा शाक्यलाई कोरोना संक्रमण

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर ५, शुक्रबार

अहिले काठमाण्डौं उपत्यका  कोरोना संक्रमणको चर्को चपेटामा रहेको कुरा त सबैले थाहा पाएकै कुरा हो । कोरोना भाइरसको संक्रमणबाट सर्ने कोभिड १९ रोगको  कारण उपत्यका बासीहरु त्रसित छन् भने यो रोगले सबै वर्ग का मानिसहरू लाई च्यापिरहेको अवस्था छ । यसै क्रममा बागमति प्रदेशका सांसद तथा साझा पार्टीका केन्द्रिय सदस्य शोभा शाक्य पनि हालै कोरोना संक्रमणमा पर्नु भएको छ । 

उहाँको पारिवारिक सुत्रले जानकारी दिए अनुसार सांसद शाक्य मंसीर १ गते भाईटिका को दिन आफ्ना भाईहरु टिकामा व्यस्त रहनु भएकी थिइन् भने सोही बेलुकी उहाँले  अलि बिसन्चो महसुस गर्नु भइन् । त्यसलाई सामान्य धपेडी मानेकि सांसद शाक्य अर्काे दिन मंसीर ३ गते अल्का अस्पताल मा गई पिसिआर परिक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएको बताइएको छ । हाल उहाँ आफ्नै निबासमा क्वारेन्टाइन मा बस्नु भई उपचाररत हुनु हुन्छ भने उहाँले यो एक हप्ताभित्र आफ्नो नजीक सम्पर्कमा रहनु भएका सबैलाई सचेत रहनु हुन पनि अनुरोध गर्नु भएको छ ।

Categorized in व्यक्तित्व