STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाउन्न विद्यार्थीले एसइई दिन नपाउने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ८, शुक्रबार

यस वर्ष जिल्लाबाट ५२ विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी हुन नपाउने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाएका हुन । इकाई, परीक्षा शाखाका नायब सुब्बा रघुनाथ अधिकारीले पढ्दै गर्दा विवाह गरेका, आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका विद्यार्थीको हाजिर नपुगेको बताउनुभयो । गत शैक्षिक सत्रमा जिल्लाका ९७ विद्यार्थीले एसइई परीक्षा दिन पाएका थिएनन् । इकाईका निमित्त प्रमुख रामकृष्ण सिङ्खडाका अनुसार यसवर्ष जिल्लामा ११ हजार २५४ विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । तीमध्ये पाँच हजार ६११ छात्र र पाँच हजार ६४३ छात्रा रहेको उहाँले बताउनुभयो । जिल्लाका २२६ विद्यालयका विद्यार्थीले ५४ वटा परीक्षा केन्द्रमार्फत परीक्षा दिँदै छन् । परीक्षार्थीमध्ये एक जनाले बाल सुधार गृह सानोठिमीबाट पनि परीक्षा दिँदै छन् । यस्तै ६ जना न्यून दृष्टियुक्त व्यक्तिले पनि परीक्षा दिन लागेका छन् । यही चैत १० गते बाट एसइई परीक्षा शुरु हुँदैछ ।
Categorized in राष्ट्रिय