STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बहालवाला मन्त्री मानन्धरले बनाए कायम गरे वर्ल्ड रेकर्ड

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष ११, शनिबार

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको विश्व कीर्तिमान राखेका छन् ।

वर्ल्ड बुक अफ यूकेमा आफ्नो नाम लेखाउने क्रममा शुक्रबार उनी ४ घन्टाभन्दा बढी समय स्टेजमा प्रस्तुत भएर गीत गाए । उनले जहां छन बुद्धका आँखा   बोलको यो नेपालका प्रशिद्ध गायक भक्तराज आचार्यले गाएको यो कालजयी गीतबाट आफ्नो कार्यक्रम सुरु गर्दै आज  राज्यमन्त्री मानन्धरले दर्शकहरुलाई अचम्भमा पारे । जीवनभर राजनिति गरेर हाल पनि पदमा रहेका व्यक्तिले एउटा मात्र नभई कयौं गीत गाएर ‘वान्स मोर’ अनुरोध समेत पाउन सफल भएका थिए। 

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राज्यमन्त्रीको रुपमा ५९ वटा गीत सहित मन्चमा उपस्थित भएर ४ घण्टा ५ मिनेट २० सेकेण्डसम्म लगातार गीत गाएर  विश्वकिर्तिमान कायम  गरेका थिए । सोलो कन्सर्ट बाई अ स्ट्याण्डिङ शिर्षकमा उनले विश्व कीर्तिमान कायम गरेका हुन। बहालवाला मन्त्रीले लगातार गाएर विश्व किर्तिमान राखेको यो पहिलो पटक हो

त्यसबखत उनले प्रशिद्ध गायक गायिकाले गाएका बिभिन्न गीत ट्र्याक बजाई प्रस्तुत गरेका थिए। संगीतकार ,गायक तथा रचनाकार स्वर्गीय गोपाल योन्जनको गीत उनले गाउँदा उपस्थित दर्शकहरु भावुक बनेका थिए ।

उनले स्वर्गीय गायक फत्तेमानले गाएको ‘यस्तोपनि हुंदो रहेछ जिन्दगीमा कहिले कहिले’, गायक कर्णदासको ‘ठूला ठूला महल होईन’, पाकिस्तानका प्रशिद्ध गायक गुलाम अलिले गाएका ‘लोलाएका ति ठूला तिम्रा दुई नजरले’ जस्ता गीत गाए । साथै बरिष्ठ गायिका तारादेविले गाएको ‘फूलको थुंगा बहेर गयो’ तथा ‘उकालि ओरालीमा’ जस्ता सदाबहार गीतपनि प्रस्तुत गरेका थिए। उनले त्यसबखत नेपाल भाषा नेवारीमा पनि गीत गाएका थिए। उनको कार्यक्रमको विशेषता भनेको उनको सुर र तालमा खासै कमजोरी थिएन भने भाषण गरेर हिड्ने भएकोले होला पटक्कै नर्भस भएको पनि देखिएन।

बालाजुस्थित आफ्नै चलचित्र भवन अष्टनारायण चलचित्र हलमा शुक्रबार दिउँसो सवा एक बजेदेखि राज्य मन्त्री मानन्धरको कन्सर्ट सुरु भएको थियो ।

कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेपालभाषा का गीतहरु पनि गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामा आदि गायक–गायिकाले गाएका गीतको ट्रयाकमा मानन्धरले गाए ।

राज्य मन्त्री मानन्धरले ‘देशले रगत मागे मलाई बली चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत गाएका थिए । वर्ल्ड बुक अफ रेकर्ड युकेको ‘बहालवाला मन्त्रीको एकल कन्सर्ट’ विधामामा मानन्धरको रेकर्ड कायम भएको हो । कार्यक्रममा मन्त्री मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास गरेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यले राजनीति र गायन सँगै अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिइन् । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्बत गुरुङ पनि कार्यक्रममा उपस्थित थिए । नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।

Categorized in व्यक्तित्व