relans
ni new 83
nib 2082 5

बसमा आगजनी गर्ने पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २, सोमबार

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मालबासे पेट्रोल पम्प नजीक आज बिहान रोकिराखेको बसमा आगजनी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 
उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार बिहान साढे ३ बजे सो स्थानमा राखिरहेको ना४ख ४९ नंको बसमा आगजनी गर्ने सर्लाही घर भई उर्लाबारी–७ मा बस्दै आएका ३७ वर्षीय रामहरि माझीले मादक पदार्थ सेवन गरेर बसमा आगजनी गरेको बयान दिएका छन् । उनको साथबाट एक थान लाइटर बरामद भएको छ ।
       
          
Categorized in अपराध-दुर्घटना
ppp 2