relans
ni new 83
nib 2082 5

बसन्तपुरमा होली विशेष समारोह

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र ३, बिहिबार

काठमाडौं - फागु पूर्णिमाका दिन मनाइने रंगहरुको पर्व फागु पूर्णिमा अर्थात होली आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ।

यसैक्रममा काठमाडौं उपत्यकावासीले रंग साटासाट तथा अबिर दलेर होली मनाएका छन्। काठमाडौंको बसन्तपुरमा होली विशेष समारोह आयोजना गरिएको छ। नेपाल प्रहरीको सांगीतिक प्रस्तुतिसमेत रहेको बसन्तपुरमा युवा युवतीले अबिर लगाएर नृत्य गरेर फेस्टी मुडमा होली मनाएका छन्।

त्यसैगरी ललितपुरको पाटन दरबार स्क्वायरमा पनि रंग अबिर दलेर हर्षोल्लासका साथ होली मनाइएको छ।

विभिन्न रंगहरुजस्तै जीवनमा खुसियाली छर्ने पर्वका रुपमा होली मनाइन्छ।

Categorized in उपत्यका
ppp 2