STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बलिउड अभिनेता ऋषि कपुरको निधन

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १८, बिहिबार

काठमाडौं (एजेन्सी) – बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । सास फेर्न अप्ठ्यारो भएपछि बुधबार ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेबु्रअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो । कपुरकी पत्नी अभिनेत्री नितु सिहं हुन् भने र उनी अभिनेता रणवीर कपुरका बाबु हुन् । सेप्टेम्बर ४ सन् १९५२ मा मुम्बईको चेम्बुरमा बलिउडका शो म्यान राज कपुरका दोश्रा छोराका रुपमा जन्मिएका कपुरले सन् १९७० मा डेब्यू ’मेरा नाम जोकर’ सिनेमाबाट बाल कलाकारका रुपमा डेब्यू गरेका थिए । बाल कलाकारका रुपमा बलिउडमा डेब्यू भएका ऋषिले ठूलो भएपछि डिम्पल कपाडियासँग ’बबी’ सिनेमाबाट डेब्यू गरेका थिए । कपुरले सन् १९७३ देखि २००० सम्म ९२ बढी सिनेमामा काम गरेका थिए ।  उनका लोकप्रिय चलचित्रहरुमा ’बबी’, ’लैला मजनु’, ’रफुचक्कर’, ’सरगम’, ’कर्ज’, ’प्रेम रोग’, ’नागिना’, ’हनीमुन’, ’चाँदनी’, ’बोल राधा बोल’ आदि हुन् । बुधबार मात्रै भारतीय सिनेमा जगतका अर्का एक हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।
Categorized in सिनेमा