STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बलात्कार आरोपी पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १०, मंगलबार

काठमाडौं - सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

पीडितको बयानपछि पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हाे ।गत बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी युवतीले मानवबेचिबखन तथा ओसारपसार ऐनविरुद्धको कसूरमा जाहेरी दिएकी छन् ।

मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक पाण्डेले उनलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितको भनाइ छ ।पाण्डेविरुद्ध दुई जनाले किटानी जाहेरी दिएका छन् ।

Categorized in अपराध-दुर्घटना