relans
ni new 83
nib 2082 5

बलात्कार आरोपमा आयोजना इन्जिनियर पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १२, शुक्रबार

काठमाडौं - मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको बुझिएको छ। एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि ५२ वर्षीय पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।

ब्लु क्रस अस्पतालमा उपचारका लागि आएका पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार पोखरेलविरुद्ध उनकै घरमा काम गर्न राखिएकी युवतीले उजुरी गरेकी हुन्।

ती युवतीले केही समय अघि सामाजिक सन्जालमा आफूलाई पोखरेलले बलात्कार गरेको भन्दै भिडियोसमेत राखेको थिइन् । घरमा काेही नभएकाे माैकामा आफूमाथि पटक पटक याैन दुव्यवहार गरेकाे बताएकी थिइन् ।

Categorized in अपराध-दुर्घटना
ppp 2