STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बलात्कार अभियोगमा तीन पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १३, मंगलबार

भक्तपुरमा १३ वर्षीयालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आज दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिषर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको छ । पीडित बालिकालार्ई यही कात्तिक ३ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले यही कात्तिक ११ गते उजूरी दिएपछि प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ परीक्षण गरिएको बताइएको छ ।
Categorized in अपराध-दुर्घटना