STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बलात्कारको आरोपमा मात्र नौ वर्ष छ महीना कैद

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले नौ वर्ष छ महीना कैद गर्ने फैसला सुनाएको छ । 
जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । दोषीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने आदेश पनि गरेको अदालत स्रोतले जनाएको छ । प्रविणमाथि गत भदौ ११ गते बालिकालाई बलात्कार गरेको आरोप लगाइएको थियो । 
Categorized in अपराध-दुर्घटना