STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बर्दिवास घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थाल्याे

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १०, बुधबार

काठमाडौं – महोत्तरीको बर्दिवासमा बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ ।

बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि पक्राउ परेका आरोपितलाई कानूनी कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो ।

आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए । प्रहरीले चलाएको गोली लागि मंगलबार बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

आयोगले महिला तथा बालबालिकामाथि हुने हिंसात्मक घटना बढिरहेको भन्दै नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिक सतर्क र सचेत हुनुपर्ने बताएको छ ।

हिंसात्मक घटनामा संलग्नलाई कानून बमोजिम कारवाही गर्न, कानून हातमा लिन खोज्नेलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न पनि आयोगले आग्रह गरेको छ ।

त्यस्तै घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन र मृतक तथा पीडितहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

कुनै पनि आपराधिक घटनामा कानूनबमोजिम कारवाही गर्ने कार्यमा नेपाल प्रहरीलाई सहयोग पु¥याउन, प्रदर्शनका क्रममा संयमता अपनाई विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले प्रदर्शनकारीलाई आग्रह गरेको छ ।

Categorized in राष्ट्रिय