STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बरामद वस्तु युरेनियम २३८ भएको पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २, सोमबार

काठमाडौंको बौद्धबाट प्रहरीले बरामद गरेको युरेनियम २३८ भएको पुष्टि भएको छ ।

राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बिहीबार प्रहरीले बरामद गरेको साढे २ किलो पर्दाथ युरेनियम नै भएको पुष्टि गरेको हो ।

नास्टले युरेनियम २३८ भएको रिपोर्ट आइतबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई बुझाएको कार्यालय प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरेर साढे दुई किलो युरेनियमसहित चार जनालाई सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा रामेछाप, लिखु तामाकोसी- ५ का ४० वर्षीय नारायणसिंह तामाङ, बौद्ध बस्ने ४० वर्षीय जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने छन् ।

युरेनियम २३८ बाट युरेनियम २३५ बन्ने गर्छ । यसको मूल्य प्रतिकिलो १८ अर्ब नेपाली रुपैयाँसम्म हुने गरेको प्रहरीको दाबी छ ।

Categorized in अपराध-दुर्घटना