STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बयासी वर्षीय बुदेले पाए नागरिकता

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १२, मंगलबार

बाजुरा गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएकोे नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाउनुभएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता शिविरबाट नागरिकता र फोटोसहितको मतदाना नामावली प्रदान गरेकोे प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी दिनुभयो । नागरिकता नहुँदा बोहराले लामो समयदेखि वृद्धभत्ता पाउन सक्नुभएको थिएन । त्यो सँगै नागरिकतासँग सम्बन्धित अन्य काम पनि रोकिएका थिए । वृद्धावस्थामा नागरिकता पाउँदा बोहरा मात्र होइन उहाँका आफन्तले समेत खुशी व्यक्त गरेका छन् । विवाह नगरेर भाइ र आफन्तको सहयोगमा बस्नुभएका बोहरालाई नागरिकता बनाउनु पर्छ भन्ने थाहा नै नभएको उहाँले बताउनुभयो । शिविर बस्ने थाहा पाएपछि उहाँकी भतिजी नाता पर्ने विमला बोहराले गाउँपालिकाको कार्यालयमा ल्याएर नागरिकता लिन सहयोग गरेको बिमला बोहराले बताउनुभयो । प्रतिनिधिसभाका सदस्य सांसद लालबहादुर थापा र प्रमुख जिल्ला अधिकारी चेतराज बरालले संयुक्तरूपमा हस्तान्त्रण गर्नुभएको थियो । नागरिकतासम्बन्धी शिविरको आयोजना गरेपछि अन्य धेरैले नागरिकता लिन सहयोग मिल्ने गौमुल गाउँपालिका अध्यक्ष हरि रोकायाले बताउनुभयो । शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामवली, भेटेनरी शाखाले पशुसम्बन्धी निःशुल्क सेवा दिने आयोजकले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले यो आर्थिक वर्षमा खप्तड छेडेदह गाउँपालिका, बुढीगङ्गा नगरपालिका, बुढीनन्दा नगरपालिका र गौमूल गाउँपालिकामा शिविर सञ्चालन गरेर शिविरबाट दुई हजार ६०० बढीलाई नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभएको छ । गाउँपालिकामा सञ्चालन भएका शिबिरबाट महिला वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिले सहजरूपमा सेवा पाएका छन् ।
Categorized in राष्ट्रिय