बबिता श्रेष्ठ मलेकुको निर्देशनमा " घरको न घाटको ”
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आषाढ ८, शनिबार
काठमाडौं - म्युजिक भिडियो निर्देशन विधामा क्रियाशिल निर्देशक बबिता श्रेष्ठ मलेकु को निर्देशनमा एउटा नयाँ म्युजिक भिडियो" घरको न घाटको ” सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको यस नयाँ वियोगभावको गीत घर न घाटको…को भिडियोलाई सुजन कोईराला अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । वियोग गीतमा दर्शकबाट बढी रुचाईएका प्रमोदले यसपटक पनि वियोग भावकै गीत ल्याएका छन् ।
यो गीतलाई सुजन कोईरालाले नै रचना गरेका हुन् । गीतमा संगीत सुवास कार्कीको रहेको छ । यसलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् । जसमा मास्टरिङ कुमार रानाको रहेको छ ।
यो गीतको भिडियोलाई निर्देशक वविता श्रेष्ठ मलेकुले गीतको भाव र शब्दलाई न्याय गरेकी छिन् । गीत अनुसार नै भिडियो पनि त्रिकोणात्मक कथामा निर्माण गरिएको छ ।
यो गीतको भिडियोमा उत्तम हुमागाईंको छायाँकन, कल्पेश विश्वकर्माको सम्पादन तथा रँग सँयोजन रहेको छ । भिडियोमा दीपेन्द्रराज गिरी,जेनेलिया श्रेष्ठ र राज पौडेलको अभिनय रहेको छ । अतिथि कलाकारको रुपमा एलिशा वासकोटा छिन् ।
https://www.facebook.com/share/p/RXTu1H1deRgv1c9Z/?mibextid=qi2Omg
Categorized in साहित्य-कला

