STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बन्जी जम्प गरेर नेवाः फिल्म "गालय् वन”को प्रोमोशन

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ कार्तिक १२, शनिबार

एउटा नयाँ सोच संगै चलचित्रको प्रोमोशन गर्ने क्रममा  नेवाः फिल्म "गालय् वन”का निर्देशक संयुक्त स्थापितले धौलागिरी अंचल पर्वत जिल्लाको कुस्मा पर्वतमा रहेको दक्षिण एशियाकै सबै भन्दा लामो बन्जी जम्प गरेका छन् भने अहिले नेवाः फिल्मवृत्तमा यो बन्जी जम्प चर्चाको विषय बनिरहको छ । नेपालभाषाको चलचित्रको यात्रामा ऐतिहाँसिक विषयबस्तुलाई आधार बनाई चलचित्र बनाउने   चलन "राजमति” , "सिलु” हुदै "जामन गुभाजु” सम्म पुगिसकेको छ भने यसै क्रममा एस स्क्वायर ईन्टरप्राईजेजको ब्यानरमा नेपालभाषाको एउटा फरक विषयबस्तुको नेवाः फिल्म “गालय् वन..”  तयार भएको छ । यो चलचित्र करिब सय वर्ष पहिले नेवार समाजमा घटेको वास्तविक घटनाक्रमलाई आधार बनाएर बनाईएको हो भन्ने जानकारी चलचित्रका कथा, पटकथा, संवाद लेखक एवं गीतकार पुरुषोत्तम पक्का (चकलेट) ले बताए  ।   चलचित्रको पहिलो शो भने बाराही मुभिज भक्तपुरमा हाउसफुलका साथ प्रदर्शन भैसकेको र प्रायः दर्शकहरूले चलचित्रलाई मन पराएर  प्रसंशा गरेको कुरा "गालय् वन” सुत्रको दावी रहेको छ ।

पहिलो शो लगत्तै ललितपुरको लुभुमा यहि कार्तिक १९ गते शनिबार र काठमाडौको CTC Mall को CDC Cinemas सुन्धारामा कार्तिक २६ गते शनिबार यो चलचित्रको लगातार दुईवटा शो हुने भएको छ । 

चलचित्र गालय् वन लाई नेपाल सरकार चलचित्र सेन्सर बोर्ड, चलचित्र जाँच समितिबाट U अर्थात युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।

चलचित्र गालय् वन को निर्माता अजय दुलाल हुन भने मेक अप आशा तामाङ, संगीत पुर्णमान महर्जन, संगीत संयोजन जीवित महर्जन जल्मी , रेकर्डिङ र मिक्सिङ सुरेन्द्र श्रेष्ठ, गायक/गायिका पुर्णमान महर्जन र रत्न शोभा महर्जन, कला निर्देशन रेणु सुवाल, पार्श्व संगीत र डबिङ अन्जन श्रेष्ठ, ब्यवस्थापन सिताराम माक (मनका राजा) र सुरेन्द्र श्रेष्ठ, नृत्य निर्देशन रविता बाके, द्वन्द तथा सहायक निर्देशन लक्ष्मी प्रसाद भैल (ॐ बाबा) र छायांकन र सम्पादक बाल कुमार मगरले गरेका हुन् ।

चलचित्रका प्रमुख कलाकारहरुमा शोभा महर्जन, किरण जोशी, कमल प्रसाद भट्ट, मन्जु श्रेष्ठ, पुरुषोत्तम पक्का (चकलेट), अन्नपुर्णेस्वरी श्रेष्ठ, राजेश गोसाईं, मनी मैंया प्रजापति, शुप्रभा गैजु, श्रृजना प्रजापति, विक्रम प्रजापति, रजत श्रेष्ठ, अजय दुलाल, महेश प्रकाश हाडा, पुर्ण कुमार अवाले, सिताराम माक(मनका राजा), विश्व नारायण भैल, रोशनी श्रेष्ठ, कमला बैजु, जीवन ट्वाति, जुन सितिखु आदिको मुख्य भुमिका रहेको छ ।

 

फिल्मको ट्रेलर यहाँ हेर्नुहोला

Categorized in सिनेमा