STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बढी मतपत्र भेटिएपछि रंगेलीमा झडप

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ६, शुक्रबार

मोरङको रंगेली नगरपालिकामा प्रहरी र नेपाली काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । मतगणनाका क्रममा एउटा वडामा बढी मतपत्र भेटिएपछि नेपाली काङ्ग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको थियो । प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

अवस्थालाई नियन्त्रणमा लिन तीन सेल हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । उनका अनुसार प्रदर्शनकारीको ढुंगामुढा गर्दा तीन जना प्रहरी सामान्य घाइते भएका छन् । प्रहरीले लाठी चार्ज गर्दा तीन जना प्रदर्शनकारी पनि घाइते भएका छन् । शुक्रबार मध्यान्य तनाव भएपनि अहिले अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

रंगेली नगरपालिका वडा– ७ को मतगणनाको क्रममा ९९ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि नेपाली काङ्ग्रेसले प्रदर्शन गरिरहेको छ । नेपाली काङ्ग्रेस उम्मेदवार मोदराज घिमिरेका अनुसार वडा नम्बर ७ मा ३४४२ मत खसेको थियो । तर गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको बताए । रंगेली नगरपालिकाका निर्वाचन अधिकृत रामहरि शर्माका अनुसार विहानदेखि रोकिएको मतगणना सुरू भएको छैन । उनले ९९ वटा मतपत्र बढी भेटिएको भन्दै विरोध भएपछि मतगणना रोकिएको बताए ।

रंगेलीमा यसअघि सिल तोडिएको मतपेटिका भेटिएपछि काङ्ग्रेसले विरोध गर्दा दुई दिन मतगणना रोकिएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको उपस्थीतिमा छलफल भएपछि मतगणना सुरु भएको थियो ।

Categorized in राष्ट्रिय