STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बझाङमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प : तीन जना घाइते, दर्जनौँ घर भत्किए

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १६, मंगलबार

काठमाडौं- पश्चिम नेपालमा गएको दुई ठूला भूकम्पमा परी तीन जना घाइते भएका छन् ।

जयपृथ्वी नगरपालिकामा रहेको जाल्पामाविमाका एक विद्यार्थी घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।  

उनका अनुसार बझाङका धेरै भौतिक संरचनामा क्षति पुगेको र भूकम्पका कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।  साथै, भोजपुरको सत्यवादी माविमा अध्ययनरत दुई विद्यार्थी पनि घाइते भएका छन् । 

उनीहरूको जिल्ला अस्पतालमा उपचार भैरहेको स्थानीय सञ्चारकर्मी रमेश सिंहले जानकारी दिए । 

भूकम्पका कारण दर्जनौँ घरमा क्षति पुगेको छ । 

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूकम्प गएको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रबिन्दु भएर ६.३ रेक्टरस्केलको अर्को ठूलो भूकम्प गएको हो ।

दुई ठूला भूकम्पले बझाङको चैनपुरमा रहेको धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ । भोजपुर, बझाङ लगायतका पश्चिम नेपालका जिल्लाहरूमा भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । 

Categorized in अपराध-दुर्घटना