STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बज्राचार्य अवार्ड्सको दोश्रो संस्करण शनिबार हुने

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २८, बुधबार

शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने बज्राचार्यहरुलाई दिईँदै आएको बज्राचार्य अवार्ड्सको दोश्रो संस्करण यही पुस २ गते शनिवार आयोजना हुने भएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक भव्य समारोहको आयोजना गर्दै अवार्ड वितरण गर्न लागिएको हो ।

शैक्षिक क्षेत्रमा केन्द्रीत हुँदै बज्राचार्य समुदायमा वितरण गरिँदै आएको अवार्डमा यसपटक एक सय जनाभन्दा बढी विद्यार्थीहरु पुरस्कृत हुन लागेको कार्यक्रम संयोजक शैलेन्द्रमान बज्राचार्यले बताए ।

विश्वका विभिन्न कुना–काप्चामा बसोबास गरिरहेका पाँच सय बढीले अवार्डका लागि आफ्नो नाम दर्ता गराएको आयोजक संस्थाले जनाएको छ ।

अवार्ड कार्यक्रममा एसईईदेखि स्नातकोत्तर तहसम्म हरेक संकायको हरेक विधामा उच्च अङ्क ल्याइ उत्तीर्ण हुने बज्राचार्यहरु अवार्डबाट प्रदान गरिनेछ ।

यसैगरी, पिएचडी पूरा गरेका, नेपाल भाषा र बुद्धिष्ट विषयमा उत्तीर्ण भएका हरेक विद्यार्थीलाई अवार्ड प्रदान गरिने छ ।

अवार्डको दोश्रो संस्करणमा बौद्ध विद्वान फनिन्द्ररत्न बज्राचार्य लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुँदैछन् ।

बौद्ध धर्म, संस्कारको क्षेत्रमा लामो समयदेखि अनवरतमा रुपमा दिँदै आएको योगदानको कदर स्वरुप बज्राचार्यलाई सम्मान गर्न लागिएको आयोजक बज्राचार्य क्लबले जनाएको छ ।

त्यस्तै, बौद्ध सम्पदा संरक्षण, जिर्णोद्धार साथै पुनर्निर्माण र बुद्ध शिक्षा प्रचार प्रसारमा विशिष्ट योगदान पुर्याएको योवदानको कदर स्वरुप काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यलाई विशेष सम्मानबाट सम्मानित गर्न लागिएको छ ।

बौद्ध सम्पदा र शिक्षाप्रति युवा पुस्तामा जागरण ल्याउने उद्देश्यले अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको संयोजक शैलेन्द्रले बताए ।

क्लबका अध्यक्ष सर्जु बज्राचार्यले बताए अनुसार हाल यो अवार्ड शैक्षिक क्षेत्रमा केन्द्रीत रहेको र भविष्यमा विभिन्न क्षेत्रमा योगदान दिनेहरुको सम्मानको लागि अलग अलग कार्यक्रमको आयोजना गर्ने योजना रहेको छ ।

प्रत्यके दुई वर्षमा आयोजना गर्ने भनिएको अवार्डको पहिलो संस्करण सन् २०१९ मा भएको थियो भने दोश्रो संस्करण कोभिड महामारीका कारण तीन वर्षपछि मात्र हुन लागेको आयोजक संस्थाले जनाएको छ ।

Categorized in साहित्य-कला