STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बजेट भाषण भोलि दिउँसो ४ बजे

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १४, बुधबार

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट भोलि जेठ १५ गते प्रस्तुत गर्दैछ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे बजेट भाषण गर्दैछन् । ४ बजे बजेट भाषण सुरु हुने भएकाले त्यस अगाडि नै बैठककक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गरेका छन् । बजेट भाषण लगत्तै प्रतिनिधि सभाको अर्को बैठक बिहिवार साँझ ६ बजे बस्ने छ ।
Categorized in बिजनेस