STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बजेट प्रस्तुति शुरु, विद्युत् उत्पादन दोब्बर हुने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷२०७७ वर्षका लागि आयव्ययको अनुमान बजेट प्रस्तुत गर्न शुरु गर्नुभएको छ । नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको अर्थमन्त्री डा खतिवडाले बैठकलाई जानकारी दिनुभयो । 
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उहाँले आगामी वर्षभित्र विद्युत् उत्पादन दोब्बर हुने बताउनुभयो ।  उक्त बजेट आजै दिउँसो सम्पन्न राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्को बैठकले पारित गरेका थिए । 
Categorized in राष्ट्रिय