STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बजेट खर्च छानबिन गर्न समिति गठन

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ६, सोमबार

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । यही असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले डा भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो । आव।२०७५÷७६ को बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा विभिन्न क्षेत्रबाट आएका गुनासा र प्रदेशसभामासमेत भएको छलफलका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको उहाँले बताउनुभयो । “समितिलाई एक महीनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ”, प्रवक्ता केसीले भन्नुभयो, “जुन प्रतिवेदनले संसद् तथा अन्य क्षेत्रबाट प्राप्त गुनासालाई सम्बोधन गर्नेछ ।” त्यस्तै बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट सहजका लागि आदेश जारी गर्ने निर्णय गरेको उहाँले जनाउनुभयो । त्यसैगरी प्रदेश सरकारको सोही दिनको बैठकले दैलेख निवासी सुर्खेत साझा बिसौनी दैनिकमा कार्यरत पत्रकार डिलप्रसाद शर्मालाई ‘बोनम्यारो ट्रान्सप्लान्ट’का लागि उपचार खर्चबापत रु पाँच लाख र करेन्ट लागेर बिरामी हुनुभई काठमाडौँमा उपचारत सोरु गाउँपालिका–१ मुगुका भ्यागे नेपाली भन्ने अमर दमाईंलाई रु एक लाख खर्च सहयोग निर्णय गरेको प्रवक्ता केसीले बताउनुभयो ।
Categorized in राष्ट्रिय