STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बजेटले निजी क्षेत्र समेटेको छ : ढकाल

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १५, मंगलबार

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेट मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले निजी क्षेत्रसँग सहकार्य गर्ने बिषयलाई बजेटले सम्बोधन गरेको बताए। 

यसैगरी नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेश अग्रवालले आगामी आर्थिक वर्षको बजेट समग्ररूपमा सकारात्मक रहेको प्रतिक्रिया दिए। कृषिका क्षेत्रमा पनि धेरै राम्रा कुरा आएको उनको भनाइ छ। 

Categorized in बिजनेस