STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

Janjati Khabar – Janjati Khabar | २०८० जेठ ३, बुधबार

काठमाडौँ - बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो ।

नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बङ्गलादेशबीच भएको छ । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ ।

दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरूप लैजाने सहमति गत वर्ष भदौमै नेपाल र बङ्गलादेशबीच भएको थियो ।

Categorized in राष्ट्रिय