STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फोेटोग्राफी र भिडियोग्राफी कार्यशाला सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण ९, आइतबार

नेपालका चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । बिहीवार फागुन छ गतेबाट चलचित्र विकास बोर्डको हलमा सुरु भएको कार्यशाला शनिबार फागुन ८ गते सम्पन्न भएको हो । बोर्डको नवनिर्मित ‘नवरस हलमा भएको उक्त कार्यशालामा आरजे प्रणव , शारदा थापा , उदयराज शर्मा जस्ता पुराना लगायत नयाँ समेत गरी ४० बढी पत्रकारहरु सहभागी भएका थिए ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको समापन समारोहमा सहभागी प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण गरिएको छ। । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेलेको बताए । अध्यक्ष दाहालले सहभागी मध्ये  उत्कृष्ट फोटो खिचेर पठाउने एक जनालाई बोर्डले बार्षिक उत्सबको दिन प्रदान गरिने पुरस्कारबाट पुरस्कृत गरिने घोषणा गरेका छन् ।

संघले प्रशिक्षार्थि मध्येबाट उत्कृस्ट फोटो खिच्ने मध्येबाट एक जनालाई लेन्स पुरस्कार दिने घोषणा गरिएको छ । कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ, र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिएका थिए । फोटोग्राफी र भिडियोग्राफीमा रुची भएका चलचित्र पत्रकारहरुका लागि कार्यशाला उपयोगी बनेको चलचित्र पत्रकार संघका महासचिव समिर बलामीले बताए । यो कार्यक्रमको संयोजन संघका संगठन उपाध्यक्ष कुबेर डंगोलले गरेका थिए। संघले आगामी दिनमा लेखनबृत्ति र अन्य बिषयमा कार्यशाला गर्दै जाने संघले घोषणा गरेको छ ।

शनिबार चलचित्र विकास बोर्डको प्रेक्ष्यालयमा सम्पन्न समारोहमा संघको सल्लाहकार समिति सदस्य विजयरत्न तुलाधरले कुनै पनि सिकाई ठुलो वा सानो नहुने भन्दै प्रत्येक सिकाइ जीवनको एक अनुभवका रुपमा संगालेर राख्नु पर्ने धारणा राखे भने नेपाल चलचित्र प्राविधिक संघ नेफ्टाका अध्यक्ष पुष्कर लामाले  प्रशिक्षणले क्षमता अभिबृद्धी गर्ने कुरा बताए । सो समापन समारोहमा सुब्रत राज आचार्य , राज श्रेष्ठ लगायतका वरिष्ठ चलचित्र पत्रकारहरु अतिथीका रुपमा रहेका थिए ।

Categorized in सिनेमा