STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फोटो प्रतियोगिताको आवेदन खुला

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २१, सोमबार

सातौँ संस्करण नेपाल फोटो प्रतियोगिता २०७६मा समावेश हुन आवेदन खुला गरिएको छ । फोटो जर्नालिस्ट क्लब, नेपालले आफू खिचेका फोटोलाई प्रतियोगितमा समावेश गर्न आग्रह समेत गरेको छ । ग्लोबल आइएमई बैंक नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता शुुरु भएको घोषणा गर्नुभयो । विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएका छन् । व्यावसायिक र सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन सक्ने छन् । प्रतियोगितामा विदेशी नागरिक र विदेशमा खिचिएको फोटोलाई समावेश गरिने छैन । खेलकूद विधामा नेपाल बाहिर खिचिएको तस्वीरलाई समावेश गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो अवसरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ प्रबन्धक सुरज राजवाहकले पाँच वर्षदेखि कम्पनीले फोटो प्रतियोगितामा क्लबसँग सहकार्य गर्दै आएको बताउनुभयो ।
Categorized in सिनेमा