STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फोटोकपी गरेर बनाइएका नक्कली नोटसहित पर्सामा दुई जना पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७४ माघ २३, मंगलबार

दुई दिनमा लागूऔषधसहित ५ पक्राउ

२३ माघ, वीरगञ्ज । पर्सा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–४, दामनका २५ वर्षीय नारायण गुरुङ रे काँकडा गाउँपलिका–५, सिलदानीका ३१ वर्षीय कृतिबहादुर मोक्तान छन् ।
‘प्रहरीलाई शंका लागेर दुवै जनाको शरीर खानतलासी गर्दा उनीहरुको साथबाट नक्कली नोट फेला परेको थियो’, उनले भने, ‘उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं ।’गत १९ माघमा १ हजार रुपैयाँको १९ वटा नक्कली नेपाली नोटसहित उनीहरु पक्राउ परेका थिए । शंकास्पद अवस्थामा हिडिरहेका गुरुङ र मोक्तानलाई वीरगञ्ज महानगरपालिका –८, घण्टाघरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार नोटको नम्बर एउटै रहेकोले फोटोकपी गरेर ल्याएको हुन सक्नु आशंका गरिएको छ । ‘नोटको प्रकृति हेर्दा फोटोकपी गरेर ल्याएको जस्तो देखिन्छ । धेरै ठूलो समूह छ जस्तो लाग्दैन’, उनले भने, ‘अरुको पनि संलग्नता छ कि भनेर खोजी गरिरहेका छौं ।’ माइस्थानबाट मुर्ली चोकतर्फ आउँदै गरेका उनीहरुको साथबाट ङ ८६–३७८०८९ नं को ११ थान, घ ९ ६ १५०५५० नं को ४ थान र ग ८४ ४४९८३३ नं र ङ ४०–७०१७१९ नं को २÷२ थान गरी १९ थान एक हजार दरको नक्कली नेपाली रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता राजन लिम्बुले बताए । दुवै जना विरुद्ध खोटाचलन मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ । वेवारिसे सवारी साधन राजश्वमा पठाउने तयारी  पर्सा प्रहरीले विभिन्न समयमा बरामद गरी सवारी धनीलाई सवारी लिन आव्हान गर्दा पनि नआई वेवारिसे बनेका सवारी साधन राजश्वमा पठाउने भएको छ । पटकपटक सूचना प्रकाशन गर्दा पनि कसैले सवारी साधनको हकदावी गर्न नआएकाले कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग मध्य क्षेत्रीय कार्यालय पथलैयामा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जर्नाएको छ । प्रहरी कार्यालय परिसरमा अलपत्र अवस्थामा रहेका १४८ थान मोटरसाइकल, बिहार ०५ एपी १३१५ नम्बरको बोलेरो गाडी र एक थान स्वराज ट्याक्टर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान क्षेत्रिय कार्यालयमा पठाउन लागिएको पर्साका प्रहरी उपरीक्षक रेग्मीले बताए । लागूऔषधसहित ५ जना पक्राउ पर्सा प्रहरीले दुई दिनमा ५ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । १९ र २० माघमा उनीहरुलाई पक्राउ गरिएको हो । पर्सा प्रहरीले वीरगञ्ज–१६, रजत जयन्ती चोकबाट ३ जना र वीरगञ्ज–७ बाट दुई जना गरी ५ जनालाई पक्राउ गरेको जनाएको छ । काभ्रेपलाञ्चोक पनौती नगरपालिका–९ का २१ वर्षीय राजिव थापा, वीरगञ्ज महानगरपालिका–१ का १८ वर्षीय अब्दुल आलम र पर्साको सुवर्णपुर गाउँपालिका–१ का १९ वर्षीय सञ्जिव खड्का पक्राउ परेका हुन् । भारतबाट शंकास्पद अवस्थामा आउँदै गरेका उनीहरुमध्ये अब्दुलको साथमा रहेको कालो प्लाष्टिकको झोलाबाट प्रतिबन्धित लागूऔषध नाइट्रोभेट ट्याबलेट २ सय ७३ थान बरामद भएको पर्साका प्रहरी प्रवक्ता लिम्बुले बताए । त्यस्तै, वीरगञ्ज–७ मा रहेको माईस्थान विद्यापिठ माध्यमिक विद्यालयको सडकबाट दुई जना पुरुष लागु औषध सहित पक्राउ परेका हुन् । प्रहरीले वीरगञ्ज महानगरपालिका–९ कुम्हालटोलका १८ वर्षीय मनिष श्रीवास्तव र बाराको कलैया उपमहानगरपालिका–३, भटौडा बस्ने २२ वर्षीय नकुलप्रसाद पटेललाई पक्राउ गरेको हो । भारतीय सीमावर्ती शहर रक्सौलबाट आउँदै गरेका उनीहरुको साथबाट लागूऔषध इन्जेक्सन डाइजी ल्याब ६० थान, लुपिजेसिक ६० थान र फेनारगन ६० थान गरी १ सय ८० थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना