STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा समस्या

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २५, बिहिबार

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या आएको छ । फेसबुकअन्तगर्तका म्यासेन्जर, इन्स्टाग्राममा समस्या देखिएको हो ।

म्यासेन्जरमार्फत सन्देश पठाउँदा इन्टरेट कनेक्सन नभएको बताउनुका साथै सन्देश जान ढिलो हुने समस्या देखिएको हो । विश्वभरबाट लाखौँ प्रयोगकर्ताले फेसबुकलाई उक्त समस्याका बारेमा रिपोर्ट गरेका छन् । यस्तै, फेसबुक लग इन गर्न पनि समस्या भएको केही प्रयोगकर्ताले बताएका छन् । 

बिहीबार अपरान्हबाट उक्त समस्या आएको हो । यो समस्याको कारण के हो र यो कति लामो समयसम्ममा समाधान हुन्छ भने एकिन नभएको बताइएको छ ।

फेसबुकका प्रवक्ताले पनि केही प्रयोगकर्ताहरूबाट म्यासेन्जर, इन्स्टाग्राम र वर्कप्लेस च्याटमा सन्देश पठाउन समस्या भएको रिपोर्ट गरेको बताएको डेलिमेलले उल्लेख गरेको छ ।

'हामी यी माध्यममा देखिएका समस्याबारेमा सचेत छौँ' फेसबुकका प्रवक्ताले भने, 'छिटोभन्दा छिटो समस्या समाधान गर्नका लागि प्रयास भइरहेको छ ।'

Categorized in विज्ञान-प्रविधि