STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फेन्सी व्यवसायीको सडक महोत्सव सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०८० पौष ९, सोमबार

काठमाडौं - फेन्सी व्यवसायी संघ नेपालले ‘नयाँबजार फलफूलचोक सडक महोत्सव’ भव्यताका साथ सम्पन्न गरेको छ । 

काठमाडौं क्षेत्र नं ७ ‘क’का प्रदेश सभासद् बसन्त मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त महोत्सव १० हजार बढी दर्शकले अवलोकन गरेको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो । 

महोत्सवमा विभिन्न किसिमका झाँकी, मौलिक खानाका साथै फेन्सी सामानका स्टलहरू राखिएको थियो । 

संस्थाका सल्लाहकार चित्र भुजेलले संचालन गर्नुभएको महोत्सवको औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

फेन्सी व्यवसायी संघले रक्तदान, प्राकृतिक तथा दैवी विपत्तीमा परेकाहरूलाई सहयोग, जनचेतनामुलक सरसफाई जस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ । 

Categorized in उपत्यका