STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फिल्म निर्माता डा. भोला रिजालका छोरा डाक्टर कपिल रिजालको अंग्रेजी फिल्मको विश्वव्यापी प्रदर्शन

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख २१, मंगलबार

गौंथली, लक्ष्मी पुजा लगायतका नेपाली फिल्म निर्माण गरेका प्रसिद्ध चिकित्सक डा भोला रिजालका  बेलायतमा विगत २६ बर्षदेखि बस्दैआएका सुप्रसिद्ध दन्त चिकित्सक छोरा डाक्टर कपिल रिजालको निर्माण तथा निर्देशनमा  निर्माण तथा निर्देशनमा अंग्रेजी भाषा को शर्टफिल्म  कर्माः लाइफ इज ए बुमर्याङ यु गेट व्हाट यु गिभ  युट्युब मार्फत विश्वव्यापी  रिलिज भएको छ ।

डा कपिल रिजाल चिकित्सा क्षेत्रबाट फुर्सद मिलेको टाइममा पिता जस्तै कलाकारिता क्षेत्रमा रम्ने गरेका छन् भने
डाक्टर रिजालको घरेलु फिल्म निर्माण कम्पनी केआर प्रडक्सन लण्डनको व्यानरमा निर्मित  शर्टफिल्म " कर्माः लाइफ इज ए बुमर्याङ यु गेट व्हाट यु गिभ"  फिल्ममा लण्डनबासी नेपालीहरुका साथमा लण्डनका कलाकारहरुलाई  समेत  अभिनय गराएका छन्। हलिउडका नाम चलेका प्राविधिकको समेत संलग्नता रहेको फिल्ममा लण्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो टयांक) को प्रमुख रोल रहेको छ। लण्डनकी डेली एलन नायिकाको रोलमा देखिएकी छिन् भने साथमा लण्डनमा नै रहेका सुप्रसिद्ध नेपाली कलाकार सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक, र निशान पुनले पनि अभिनय गरेका छन्। सम्पूूर्ण छायांकन कार्य लण्डनमा गरिएको फिल्मको पोष्ट प्रोडक्सनको काम भने नेपालमा गरिएको जनाएको छ।

सस्पेन्स थ्रिलर फिल्ममा कथा डाक्टर कपिल रिजालकै छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका हुन्। स्टोरी बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअन भ्यान टिम्परली, छायांकन फास्टस टक्ला, सम्पादन दिपेश केपी र एलेक्स टोम्ली, भिजुअल इफेक्ट प्लुटस स्टुडियोको रहेको फिल्ममा सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।
नेपाल र लण्डनमा गरी हालसम्म करिब १ दर्जन म्युजिक भिडियोको निर्देशन समेत गरिसकेका डा रिजालको यो शर्टफिल्म ११ मिनेट २२ सेकेन्डको छ। डाक्टर रिजालले यसअघि कोरोना संक्रमणबाट हुने कोभिड १९ को विषयमा एकल कलाकार लिएर "गिल्ट "नाम छोटो फिल्म बनाएका थिए। २० वर्षअगाडि भारतमा अध्ययनका क्रममा रहँदा फरक फरक भाषा बोल्ने विभिन्न देशका साथीहरुका साथ साइलेन्स सट फिल्म बनाएका थिए।

फिल्म हेर्न यहाँ क्लिक गर्नुहाेला ।

Categorized in सिनेमा