STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फाइनल खेल रद्द भएमा नेपाल च्याम्पियन

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १७, आइतबार

काठमाडौं - राजधानीमा जारी एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल रद्द भएमा नेपाल च्याम्पियन हुँदै एसिया कपका लागि छनोट हुने छन् । नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्दैछ ।

पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो । उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल तय भएको सोमबार काठमाडौंमा वर्षा हुने सम्भावना छ । सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ ।

तर सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।

तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको (एकदिवसीय अन्तराष्ट्रिय)ओडिआई वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ । एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् ।

शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ । एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् ।

आज हुने तेस्रो स्थानका लागि ओमान र कुवेतबीचको विजेता टोलीले पनि एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।

Categorized in खेलकुद