STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फरार अभियुक्त १६ वर्षपछि पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ५, मंगलबार

जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट विसं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महीना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो । राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको हो । राईलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । त्यस्तै अदालतले अर्का एकलाई पुपक्र्षका लागि कारागार चलान गरेको छ । अदालतले भोजपुर नगरपालिका–२ हेलौछाका २२ वर्षीय सुजन राईलाई जबर्जस्ती करणी उद्योगमा पुपक्र्षका लागि कारागार चलान गरेको हो । राईले गत फागुन १० गते सोही ठाउँकी १५ वर्षीय बालिकालाई मन्दिरमा लगी करणी गर्न खोजेको प्रहरीले जनाएको छ । राईलाई पीडित बालिकाको उजुरीपछि गत फागुन ११ गते पक्राउ गरिएको थियो । अवैध हातहतियार बुझाउन आग्रह जिल्ला प्रशासन कार्यालय भोजपुरले अवैधरूपमा राखिएका हातहतियार सरकारलाई बुझाउन आदेश गरेको छ । समयावधिभित्र हतियार नबुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा चलाउने कार्यालयले जनाएको छ । कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगराएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको भएमा तोकिएको समयमै त्यस्ता सामान बुझाउन कार्यालयले सुचना जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरूपमा विनाअनुमति राखिएका हतियार बुझाउन आग्रह गर्नुभयो । नेपाल सरकारको फागुन २८ गतेको निर्णयानुसार ३५ दिनभित्र अवैधरूपमा राखिएका हातहतियार सरकारलाई बुझाए कारवाही नगरिने उहाँले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना