relans
ni new 83
nib 2082 5

फरार अभियुक्त सत्र वर्षपछि पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २, बिहिबार

एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनारलाई प्रहरीले हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । आरोपित सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा चितवनको राप्ती नपा–७ भवानीबजारबाट पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतमा बुधबार पेश गरिएका सुनारलाई अदालतले अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना
ppp 2