STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रियंका कार्की र अनुप विक्रमले गरे लक्की फिल्मी अवार्डको जिंगल सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण १५, सोमबार

लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असार ८ गते चितवनमा हुने एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको अडियो जिंगल एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । नायक अनुप विक्रम शाही, नायिका प्रियंका कार्की र आयोजक संस्थाका  महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले उक्त जिंगल संयुक्त रुपमा  सार्वजनिक गरेका हुन् ।

गन्तव्य राख्ने क्रममा अभिनेता अनुप विक्रम शाहीले फिल्मी अवार्डले कलाकारहरुलाई हौसला मिल्ने बताए । यस्तैगरी अभिनेत्री प्रियंका कार्कीले फिल्मी अवार्ड कलाकारहरुका लागि उत्सव भएको बताइन् । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्य सहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम हुन लागेको कुरा आयोजक संस्थाका महाप्रबन्धक कार्कीले बताए ।

अडियो जिंगलमा आनन्द कार्की, सरिता शाहीको स्वर रहेको छ । हरि कार्की 'लक्की' को शब्दलाई संगीतकार राजु सिंहले संगीत सृजना गरेका हुन्  भने मनोहर सुनामले  म्युजिक एरेन्ज गरेका हुन् । यो जिंगलका लागि भोला पौडेल रेकर्डिङ/मिक्स मास्टर रहेका छन् । साउण्ड रेकर्डिङ स्टुडियोमा जिंगल रेकर्ड गरिएको हो । फिल्मी अवार्डमा देशभरबाट सिनेकर्मी, कलाकारहरु सहभागि हुने कुरा आयोजक संस्थाका कार्की ले बताए ।

फिल्मी अवार्ड कार्यक्रम लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिटमा हुनेछ । लक्की मिडियाका महाप्रबन्धक कार्कीले देशव्यापी प्रचार-प्रसार कार्य जारी रहेको बताए । अवार्ड वितरणका लागि जुरी टिम समेत निर्माण भैसकेको बताए । यो अवार्ड कार्यक्रम मा सिने क्षेत्रका विभिन्न दुई दर्जन भन्दा बढी विधामा अवार्ड प्रदान गरिने भएको छ ।

Categorized in सिनेमा