STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १३, सोमबार

दाङ,  चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति  आज फरार भएका छन् । फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । शौचालय जान्छु भनी भागेपछि अहिले उनको खोजी भइरहेको छ ।

Categorized in अपराध-दुर्घटना