relans
ni new 83
nib 2082 5

प्रसिद्ध वाङ्गमयविद् राजेन्द्र सुवेदी स्मृति समाज गठन

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन २, मंगलबार

प्रसिद्ध वाङ्गमयविद् समालोचक तथा निबन्धकार स्वर्गिय राजेन्द्र सुवेदीको स्मृतिलाई अक्षुण्ण राख्ने उद्देश्यले राजेन्द्र सुवेदी स्मृति समाज नामक संस्था गठन गरिएको छ । स्वर्गीय सुवेदीको परिवारले दश लाख रुपिया अक्षयकोष राखी सुरु गरेको यो संस्थाका अध्यक्ष जीवेन्द्रदेव गिरी, उपाध्यक्ष रमेश लुइँटेल, सचिव कमल सुवेदी, कोषाध्यक्ष पुष्पा घिमिरे, सदस्यहरुमा धीरकुमार श्रेष्ठ, सावित्री श्रेष्ठ, भागवत आचार्य, होम भट्टराई, हरिप्रसाद सिलवाल, नारायण सङ्ग्रौला र  सीता पन्थी रहेका छन् ।

यही अक्षय कोषको ब्याजबाट दिइने हरेक वर्ष राजेन्द्र सुवेदी साहित्य पुरस्कार  अन्तर्गत राजेन्द्र सुवेदीको लेखन क्षेत्र समालोचना र निबन्धलाई दृष्टिगत गरी हरेक वर्ष आलोपालो मिलाएर निबन्ध र समालोचना विधालाई पुरस्कृत गर्ने कुरा सो समाजले घोषणा गरेको छ । 

यसका साथै सो समाजले हरेक वर्ष राजेन्द्र सुवेदी कला पुरस्कार  पनि दिइने भएको छ । यस अन्तर्गत गीत, सङ्गीत रङ्गमञ्च, पत्रकारिता, चित्रकला, मूर्तिकला तथा चलचित्रका क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तिलाई हरेक वर्ष पुरस्कार दिइने कुरा समाजका सचिव अमर वाङमयविद् राजेन्द्र सुबेदी का सुपुत्र कमल सुबेदीले बताए । यसका साथै कोही इच्छुक भए त्यस्ता महानुभावले संस्थाको अक्षय कोश वृद्धिका लगि आर्थिक सहयोग गर्न सक्ने पनि बताइएको छ ।

Categorized in साहित्य-कला
ppp 2