STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रसिद्ध कोरियोग्राफर रोजिन शाक्य फेसबुकमा लाइभ टकशो सञ्चालन गर्दै

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २९, बिहिबार

विजयरत्न असंबरे :


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपालभाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापन लगायतका विभिन्न क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका प्रसिद्ध फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले लकडाउन ले सिर्जना भएको विषम परिस्थिति लाई दृष्टिगत गर्दै सामाजिक संजालको प्लेटफर्मलाई प्रयोग गरेर आफ्नो फेसबुक पेजमा लाइभ टक शो संचालनमा ल्याएका छन् । प्रसिद्ध कोरियोग्राफर शाक्यको ‘स्पीक टू मी’ नाम दिइएको उक्त टक शो विगत ५ साताबाट नियमित रुपमा शुक्रबार र शनिबार साँझ ४ बजेबाट करिब एक घण्टा संचालन हुँदै आएको छ । विशेषतः फेसन, मोडलिङ, ब्युटी, संचार, अभिनय तथा सौन्दर्य प्रतियोगिता क्षेत्रमा उपलब्धी हासिल गरेका व्यक्तित्वहरुको उपलब्धी, उनीहरुको क्यारिएर, व्यवसायिक यात्राको विभिन्न पाटो संगै व्यक्तिगत जीवनका रमाइला पक्षहरुको सेरोफेरोमा सो कार्यक्रम केन्द्रित रहेको छ । कार्यक्रमको प्रारम्भिक चरणमा उल्लेखीत क्षेत्रका व्यक्तिहरुमा केन्दित रहेता पनि विस्तारै यसको स्वरुपमा समाजका अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका युवाहरुलाई पनि समेटिने कुरा कार्यक्रम संचालक शाक्यले बताए । टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा यसअघि वि.सं. २०५८ सालमा च्यानल नेपालको पर्दामा नेपाली चलचित्र सम्बन्धीत दुई वटा कार्यक्रमहरु सप्तरंगी र सिनेबाइट्स संचालन गरेका रोजिनले वि.सं. २०६० सालमा एनटिभि टुमा प्रवेश गरेका थिए । त्यहाँ करिब ६ वर्ष सम्म फेसन सम्बन्धीत कार्यक्रम फेसन बज र चलचित्र सम्बन्धीत कार्यक्रम सिने सिज्लर नामक कार्यक्रमको प्रस्तोता एवं निर्माताको रुपमा भूमिका निर्वाह गरेका शाक्यले केही समय अगाडि ईमेज टेलिभिजनबाट प्रशारण भएको अभियन सम्बन्धीत टेलिभिजन रियालिटी शो नेसनल एक्टिङ कम्पीटिसनको संचालनको जिम्मेवारी पनि उनले निर्वाह गरेका थिए । विगत १२ वर्ष यताबाट रोजिन नेपालभाषाको समाचार वाचकका रुपमा प्रस्तुत हुँदै आएका छन् फेशन संचारकर्मिका रुपमा ख्याति कमाएका व्यक्तित्व हुन् ।
Categorized in सिनेमा