relans
ni new 83
nib 2082 5

प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

जिल्ला अस्पतालमा एक वर्षदेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । उक्त अस्पतालमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आउने अधिकांश चिकित्सक र अस्पतालका कर्मचारीको आन्तरिक विवादले बस्न नसक्ने बताउँदै कार्यालय छाड्ने गरेका हुन् । 
अस्पतालका कर्मचारीसँग विवाद भएपछि प्रमुख डा विनितकुमार झा एक वर्षअघि सरुवा भएर जानुभएको हो । डा झामात्र होइन यसअघि डा विष्णुबहादुर बस्नेत, डा दयाशङ्करलाल कर्ण पनि कार्यकाल पूरा नहुँदै सरुवा भएर जानुभएको थियो । प्रमुख नहुँदा अस्पतालको व्यवस्थापन अस्तव्यस्त हुन पुगेको छ । कर्मचारीले मागेअनुसारको सुबिधा नदिएको भन्दै कार्यालय प्रमुखमाथि हातपातसमेत भएको थियो । कर्मचारीको खिचातानी र विवादले अस्पतालको सेवा प्रवाहसमेत खस्कँदै गएको छ । दक्ष चिकित्सक भए पनि प्रभावकारी सेवा नभएकाले आफूहरू निजी स्वास्थ्य संस्था जानुपरेको सेवाग्राहीको गुनासो छ ।
जिल्ला अस्पताल ५० श्ययामा स्तरोन्नति भएपछि ११औँ तहको चिकित्सक हुनुपर्ने नीतिगत व्यवस्था भए पनि यतिखेर आठौं तहका मेडिकल अधिकृतमात्र  छन् । एक वर्षदेखि प्रमुख नहुँदा आठौं तहका मेडिकल अधिकृतले निमित्तको रूपमा काम गरिरहेका छन् । उक्त अस्पतालमा ५१  कर्मचारीको दरबन्दी रहे पनि हाल १९ दरबन्दी रिक्त  छ ।  अस्पतालमा आन्तरिक मेडिसिन, बाल रोग, स्त्री तथा प्रसूति, शल्य चिकित्सक, हाडजोर्नी, नशा रोग, रेडियोलोजिष्ट र जनरल फिजिसियन पद रिक्त छ । विशेषज्ञ नहुँदा यहाँ उपचार गराउन आउने बिरामी कम हुँदै आएकोे छ ।
आर्थिक वर्ष २०७५÷०७६ को माघमा एक हजार ४६६, फागुनमा एक हजार ३९१, चैत महीनामा एक हजार १६८ बिरामी सेवा लिन आएका अस्पताल स्रोतले जनाएको छ । सो  अस्पताल २०३३ सालमा स्थापना भएको थियो । प्रभावकारी सेवा नपाएकै कारण बाध्य भएर बिरामी निजी स्वास्थ्य संस्थामा गएका सिलिचोङ गाउँपालिकाका युवा खेवाहाङ मेवाहाङले बताउनुभयो ।
उक्त अस्पतालमा अधिकांश स्थानीय कर्मचारीमात्र रहेकाले स्वास्थ्य मन्त्रालयले पटकपटक सरुवा गरे पनि राजनीतिक शक्तिको आडमा पुरानै ठाउँमा फर्केर आउने गरेका चैनपुर नगरपालिका–२ का खगेन्द्र अधिकारीको भनाइ थियो। 
Categorized in राष्ट्रिय
ppp 2