STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधान सेनापति राष्ट्रिय भलिबल हुँदै

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

प्रधान सेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता – २०७६’ यही जेठ १९ देखि २६ गतेसम्म हुने भएको छ । सातै प्रदेशका टोली र तीन विभागीय गरी १० समूहको सहभागिता रहने उक्त प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा कूल २६ खेलसहित आयोजना गरिने छ । 
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति शशिकिरण रायमाझीले विसं २०७२ देखि शुरु भएको उक्त प्रतियोगिताको चौथो संस्करण विसं २०७५ मा हुनुपर्नेमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भएका कारणले हुन नसकेको जानकारी दिनुभयो । खेलकूद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र यसमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका प्रतियोगितामा खेलाडीको प्रतिनिधित्व गराउने उद्देश्यले विभिन्न खेल सञ्चालन गर्दै आएको सेनाले अन्तरराष्ट्रिय विश्व भलिबल सङ्घद्वारा पारित नियमानुसार खेलाइने जनाइएको छ ।  खेल लिग, कम र नकआउटका आधारमा बेष्ट अफ फाइभमा खेलाइने छ । 
उक्त प्रतियोगितामा प्रथम टोलीलाई रु तीन लाख, द्वितीयलाई रु एक लाख ५० हजार र तृतीयलाई रु ७५ हजार सहित शिल्ड र   पदक प्रदान गरिनेछ  भने उत्कृष्ट छ जनालाई  जनही रु १० हजार दिइनेछ । त्यस्तै सर्वोकृष्ट खेलाडीलाई पल्सर मोटरसाइकलबाट पुरस्कृत गरिनेछ । सहभागी सात प्रदेशका टोलीमा राष्ट्रिय खेलकूद परिषद्सँग आबद्ध प्रशिक्षक÷सहायक प्रशिक्षकको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था मिलाइएको छ । 
Categorized in खेलकुद