STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री कप ः प्रदेश नं २ लाई ९४ रनको लक्ष्य

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नं २ लाई जितका लागि ९४ रनको सामान्य लक्ष्य दिएको छ । 
 
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा कर्णाली प्रदेश ३० दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रनको योगदान दिँदा रवीन्द्र शाहीले १४ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यमानले दोहोरो अङ्क जोड्न सकेनन् । 
 
कर्णालीलाई सस्तैमा समेट्नेक्रममा प्रदेश नं २ का कुमार थापाले व्यक्तिगत तीन विकेट लिए भने राशिद खान, हरि शङ्कर शाह र सम्सद शेखले समान दुई÷दुई विकेट लिए । यसअघि दुई खेल खेलेको कर्णाली प्रदेशले दुवै खेल गुमाएको छ । 
अघिल्लो चरण प्रवेशका लागि पनि कर्णाली प्रदेशको जित्नै पर्ने दबाब छ । कर्णाली यसअघि त्रिभुवन आर्मी क्लब र पुलिस क्लबसँग पराजित भएको थियो । त्यस्तै प्रदेश नं २ पनि पहिलो जितको खोजीमा छ । यसअघि एक खेल खेलेको प्रदेश नं २ आर्मीसँग पराजित भएको थियो । 
Categorized in खेलकुद