STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २०, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरी आज अपराह्न स्वदेश फर्कनुभएको छ । मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि प्लाज्मा फेरेसिस बाट उपचार गर्न उहाँ यही भदौ ५ गते दोस्रो पटक सिङ्गापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत विशिष्ट व्यक्तिले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न केही दिनअघि सिङ्गापुर जानुभएका नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता वामदेव गौतम पनि आजै स्वदेश फर्कनुुभएको छ । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत जानुभएको थियो ।
Categorized in राष्ट्रिय