Salt Trading
Swasthya Mantralaya
Prabhu Bank Header Bottom

प्रदेश सांसदको कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २१, शुक्रबार

नेपाली कांग्रेस प्रदेश १ की सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते छन् ।

विराटनगरको एयरपोर्ट मोडस्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घटनामा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको बताइएको छ । गम्भीर घाइते उनलाई कोसी अस्पताल लगिए लगत्तै मृत्यु भएको हो ।

घटनामा मोरङ कटहरी गाँउपालिका – २ का २७ वर्षीया राजकुमार राजवंशी  घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । शर्मा र राजवंशी विराटनगर–४ स्थित न्यूएभरेष्ट फर्नीचरका मजदुर हुन् ।

ठक्कर दिने कार सांसद् कार्कीका छोरा रोविन कार्कीले चलाएको तर घटनापछि उनी फरार भएको प्रहरी स्रोतको दाबी छ ।

गाडीमा कार्कीसँगै अरु दुई युवती पनि रहेको बताइएको छ । घटनामा कारको अघिल्तिर पूर्णत क्षति पुगेको छ ।

तस्बिर : सामाजिक सञ्जाल

Categorized in अपराध-दुर्घटना
Newa Online Adv