STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रतिमृतक परिवारलाई रु ३ लाख राहत

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १८, सोमबार

हतप्रदेश नं २ सरकारले हावाहुरीबाट मृत्यु भएका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका घाइतेलाई हेर्न पुग्नुभएका मुख्यमन्त्री लालबाबु राउतले सो जानकारी दिँदै हावाहुरीमा परी घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने बताउनुभयो । प्रदेश नं २ सरकारको आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत रकम र उपचार खर्च व्यहोर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो । उहाँले हुरीमा परी क्षति भएका घरलाई पुनःनिर्माण गर्न प्रदेश सरकारले आर्थिक सहयोग दिनेसमेत निर्णय गरेको बताउनुभयो ।
Categorized in राष्ट्रिय