relans
ni new 83
nib 2082 5

प्रतिनिधि परिचालन गर्दै काङ्ग्रेस

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २७, शुक्रबार

काङ्ग्रेस कास्कीले पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियान सफल पार्न जिल्लाका ७२ वटै इकाइमा प्रतिनिधि परिचालन गर्ने भएको छ ।
 
जिल्लामा एक महीनासम्म सञ्चालन गर्ने अभियानका सन्दर्भमा केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य अर्जुन जोशीको उपस्थितिमा आज बसेको जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय एवं नगरसमितिका सभापतिको बैठकले एक महीने अभियानलाई प्रभावकारिताका साथ टोल÷टोलमा पु¥याउने निर्णय गरेको हो ।
अभियान अन्तर्गत जिल्लाका निर्वाचन क्षेत्र, पाँचवटै स्थानीय तहसहितका ७२ वटै इकाइमा प्रतिनिधि परिचालन गरिने नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियान अन्तर्गत कार्यतालिका तय गर्न यही वैशाख २९ गते  जिल्ला कार्यसमितिको बैठक बोलाइएको छ । काङ्ग्रेसले यही वैशाख २५ गते देशैभर एक साथ राष्ट्रिय जागरण अभियानको शुरु गरेको छ ।
Categorized in राजनीति
ppp 2