STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रतिनिधिसभा बैठक चैत १० सम्मका लागि स्थगित

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ६, शुक्रबार

प्रतिनिधिसभाको बैठक चैत १० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक पूर्वसांसद अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै चैत १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ शर्माले लोकसेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए । आजको बैठकमा दलीय आधारमा सांसदहरूले बोलेका थिए ।

Categorized in राजनीति