STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रचण्ड माधव समूहद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २३, आइतबार

काठमाडौँ - आजबाट प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु भएको सुरु भएको केही क्षणमै नेकपा प्रचण्ड माधव समूहले बैठक बहिस्कार गरेका छन् ।

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने निर्णयले संसद् बैठक ४ बजे बोलाइएकोमा ५ः१० बजे सुरु भएको हो ।

प्रतिनिधिसभा बैठकमा सहभागी नेकपा प्रचण्ड माधव समूहले भने बैठक सुरु भएको केही क्षणमै बैठक बहिस्कार गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक बहिस्कार गरेका हुन् । अहिले संसद बैठक सकिएको छ ।

बैठकको सुरुमा नै प्रचण्ड माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।

तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टिकरण दिए । तर भीम रावलले आफूहरुको विरोध रहेको बताएका थिए । सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड माधव समूहले बैठक बहिस्कार गरेर हलबाट बाहिरिएका हुन् ।

कांग्रेसले गरे नाराबाजी

नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेका हुन् ।

Categorized in राजनीति