STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रचण्ड ओलीकाे कारबाहीमा

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ९, बिहिबार

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी ओली समूहले कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाललाई कारबाही गरेको छ ।

विधान, पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै उनलाई केन्द्रीय कमिटी बैठकले कारबाही गरेको जनाइएको छ । यस्तै बैठकले सातै प्रदेशमा पार्टी समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ । जसअनुसार सुदूरपश्चिम संयोजक लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ ।

Categorized in राजनीति