पोर्चुगलमा नेपाल सम्बत ११४६ न्हुं: दँया अवसरमा सामूहिक म्ह: पुजा तथा औपचारिक कार्यक्रम सम्पन्न।
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ कार्तिक ७, शुक्रबार
लिस्बन (पोर्चुगल), अक्टोबर २२ — नेपाल सम्बत ११४६ न्हुं: दँया (म्ह: पुजा) को अवसरमा पोर्चुगलस्थित नेवा: खःल तदर्थ समितिको आयोजनामा Grill n Chill Restaurant, Arroios मा सामूहिक म्ह: पुजा तथा नयाँ वर्षको औपचारिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रममा नेवा: खःलका सदस्यहरू, स्वयंसेवक साथीहरू, कलाकारहरू र विभिन्न नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
म्ह: पुजापछि सम्पन्न औपचारिक सत्रमा नेपाल सम्बतका अन्तर्राष्ट्रिय प्रबन्धक गंगा बहादुर नेम्कुलले नेपाल सम्बतको सुरुवातदेखि हालसम्मको ऐतिहासिक यात्रा, सांस्कृतिक महत्त्व र यसको अन्तर्राष्ट्रिय प्रसारबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।
सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगल अन्तर्गत मातृसंस्थाहरुको तर्फबाट किरात राई सोसाइटी अफ पोर्चुगलकी उपाध्यक्ष जेनिता राईले शुभकामना मन्तव्य दिँदै नेपाल सम्बतले सबै समुदायबीचको आपसी सहकार्य र भाइचारा सुदृढ गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि भरत राज श्रेष्ठले स्वन्ती (तिहार) पर्वको सांस्कृतिक तथा वैज्ञानिक पक्षबारे मन्तव्य दिँदै नेपालको मौलिक परम्परा जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
त्यसैगरी, प्रमुुख अतिथि नेपाल जनजाति महासङ्घ, पोर्चुगलका अध्यक्ष चोप कुमार राना मगरले नेपाल सम्बत र नेवा: संस्कृति नेपालको पहिचानसँग गहिरो सम्बन्ध भएको उल्लेख गर्दै नयाँ वर्षले सबै नेपालीमा गौरव र एकताको भावना जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
उक्त कार्यक्रमको सभापतित्व ,नेवा : खःल पोर्तुगल का तदर्थ समितिका संयोजक अमृत रत्न शाक्यले कार्यक्रमको समापन र धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जयकृष्ण श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रम को अवधि भर नेवा : खःल पोर्तुगल का सांस्कृतिक टिम का कलाकार हरु
सन्जिब श्रेष्ठ, सुरज शुवाल, शुरेस, आचल लामा श्रेष्ठ , सपना चित्रकार र ॠतिका बिष्ट श्रेष्ठले नेपाली , नेेवारी गीतमा नृत्यहरू र देउसी भैलो प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रम को सुरक्षा र ब्यबस्थापन मा सुरक्षा र ब्यबस्थापन संयोजक दिपेन्द्र कपाली , उप संयोजक दिपेन्द्र श्रेष्ठ नेतृत्व मा नेवा: खःल पोर्तुगल तदर्थ समिति सदस्य हरु , स्वयंसेवकहरु कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न लाग्नु भएको थियो ।
बडा दशै २०८२ , दिपावली , नेपाल सम्बत ११४६ र छठ को अबसर शुभ कामना आदानप्रदान तथा सामूहिक म्ह: पुजा कार्यक्रम को संयोजन नेवा : खल पोर्तुगल का तदर्थ समिति का संयोजक अमूत रत्न शाक्य ज्युले गर्नृ भएको थियो ।
आयोजक समितिका अनुसार, यस्तो सांस्कृतिक कार्यक्रमले परदेशमा बसोबास गर्ने नेपालीहरूबीच सम्बन्ध सुदृढ गर्दै आफ्नो मौलिक संस्कृति र पहिचान संरक्षणमा सकारात्मक सन्देश फैलाएको छ।
Categorized in साहित्य-कला

