STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन:नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १९, आइतबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन:नियुक्त भएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि  नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । सूर्य चुनाव चिह्न लिएर स्वतन्त्ररुपमा चुनाव जितेका दुई सांसद धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा माओवादी केन्द्रमा प्रवेश गरेकी विमला वलीको पनि हस्ताक्षर रहेको छ ।

Categorized in राजनीति