STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १५, बुधबार

चन्द्रपुर नगरपालिका–९ डुमरियास्थित ईटा भट्टाको पोखरीमा डुबेर आज एकैघरका दाजुबहिनीको मृत्यु भएको छ । मृत्यु हनेमा सर्लाहीको हरिपुर नगरपालिका–४ स्थायी घर भई डुमरियामा बस्दै आएका सञ्जय साहका ११ वर्षीय छोरा अनिस साह र आठ वर्षीय छोरी कल्पना साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । साह परिवार डुमरियामा मोटरसाइकल ग्यारेज खोलेर बस्दै आएका थिए । मृतक परिवारका अनुसार, बिप्लब समूहको बन्दका कारण शैक्षिक संस्था नखुलेपछि ईटा भट्टाले बनाएको खाल्टोमा जमेको पानीमा खेल्न जाँदा दाजुबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।
Categorized in अपराध-दुर्घटना